+
+
Shares

प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने :  ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ अध्ययनले अप्ठ्यारो वा लज्जास्पद परिस्थितिमा आत्ममुग्धता भएका मानिसहरूको मस्तिष्कका विभिन्न भागबीचको तालमेल कम हुन सक्ने देखाएको छ।
  • फिनल्यान्डका अनुसन्धानकर्ता मटियास पीस्पाननका अनुसार आत्ममुग्धताको गुण बढी भएका मानिसहरूले अरूका संवेदनशील अनुभवप्रति फरक तरिकाले प्रतिक्रिया दिन्छन्।
  • अध्ययनमा सहभागीलाई भिडियो देखाएर प्रतिक्रियाहरू अभिलेख गरियो र दैनिक जीवनसँग मिल्दोजुल्दो सामाजिक परिस्थितिमा मस्तिष्कको सक्रियता अध्ययन गरियो।

जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा समान्य मानिसको भन्दा फरक तरिकाले काम गर्छ ।

एउटा नयाँ अध्ययनले यसबारे रोचक तथ्य उजागर गरेको छ । आफूलाई अत्यधिक महत्व दिने व्यक्तिको स्वभावलाई नार्सिसिज्म वा आत्ममुग्धता भनिन्छ । यस अध्ययनले अप्ठ्यारो वा लज्जास्पद परिस्थितिमा ‘नार्सिसिज्म’ का गुण भएका मानिसहरूको मस्तिष्कका विभिन्न भागबीचको तालमेल कम हुन सक्ने देखाएको छ।

फिनल्यान्डका अनुसन्धानकर्ता मटियास पीस्पाननका अनुसार, आत्ममुग्धताको गुण बढी भएका मानिसहरूले अरूका संवेदनशील अनुभवप्रति सामान्य मानिसहरूले भन्दा फरक तरिकाले प्रतिक्रिया दिन्छन् ।

कुराकानी गर्ने र बुझ्ने तरिका फरक

अनुसन्धानअनुसार, आत्ममुग्धता भएका मानिसहरूले अरूसँग कुराकानी गर्दा उनीहरूसँग जोडिने तरिका फरक हुन सक्छ । उनीहरूले छलफलका विभिन्न पक्षमा ध्यान केन्द्रित गर्न सक्छन् र वरपर भइरहेका घटनालाई आफ्नै तरिकाले फरक अर्थमा बुझ्न सक्छन् ।

के हो नार्सिसिज्म ?

नार्सिसिज्म भनेको व्यक्तित्वको यस्तो विशेषता हो, जसमा मानिसले आफूलाई आवश्यकताभन्दा बढी महत्त्व दिन्छ । अरूभन्दा आफूलाई ठूलो वा श्रेष्ठ ठान्छ । यस्ता मानिसहरू अरूले सधैँ आफ्नो प्रशंसा गरून् भन्ने चाहना राख्न सक्छन्।

यसअघि भएका अध्ययनहरूले पनि नार्सिसिज्म व्यक्तित्वका गुण भएका मानिसहरूमा अरूको पीडा बुझ्ने क्षमता तुलनात्मक रूपमा कम हुन सक्ने देखाएका छन्।

कसरी गरियो अध्ययन ?

विशेषज्ञहरूका अनुसार, वास्तविक जीवनका जटिल सामाजिक परिस्थितिमा आत्ममुग्ध व्यवहार भएका मानिसहरूको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन।

यही विषय बुझ्न अनुसन्धानकर्ताहरूले दैनिक जीवनसँग मिल्दोजुल्दो परिस्थितिमा आत्ममुग्धताका गुणले मस्तिष्कको सक्रियतामा कस्तो प्रभाव पार्छ भन्ने अध्ययन गरे।

यसका लागि अध्ययनमा सहभागीहरूलाई केही भिडियो देखाइयो। ती भिडियोमा एक व्यक्तिले विभिन्न कथा सुनाएका थिए। भिडियो हेरेपछि सहभागीहरूले दिएका प्रतिक्रियाहरू अभिलेख गरियो ।

यसरी अनुसन्धानकर्ताहरूले त्यस्ता परिस्थितिमा सहभागीहरूको प्रतिक्रिया र मस्तिष्कको कार्यप्रणालीबीचको सम्बन्ध बुझ्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?