News Summary
Generated by OK AI. Editorially reviewed.- साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको छ।
- नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले मर्मतका लागि प्राविधिक टोली खटिएको र केही समयपछि आंशिक सेवा सञ्चालन गरिएको बताउनुभयो।
- सेवा अवरुद्ध हुँदा जिल्लामा कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह र सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका छन्。
१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ ।
नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए ।
मर्मतका लागि प्राविधिक टोली खटिएको छ ।
यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।
दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।
प्रतिक्रिया 4