+
एनपीएल :

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो

२०८३ कात्तिक  १४ गते १४:१९ २०८३ कात्तिक १४ गते १४:१९

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको झरीले कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको आजको खेल स्थगित गरिएको छ।
  • नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले बिहीबार रातिदेखि परेको वर्षाका कारण मैदान पूरै भिजेकाले खेल रद्द गरिएको जानकारी दिए।
  • खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन्, र विराटनगर किङ्स तथा सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल पनि वर्षाबाट प्रभावित हुन सक्ने सम्भावना छ।

१४ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको छ ।

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन् ।

क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५:०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।

यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय