+
+
Shares

पूर्वराजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोज्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल तथा अचल सम्पत्ति खोजबिन गर्न सबै स्थानीय तहमा पत्राचार गरेको छ।
  • भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयअन्तर्गतको शाखाले जग्गाधनी प्रमाणपूर्जा, श्रेस्ता, फिल्डबुकलगायत कागजात नेपाल ट्रष्टको कार्यालयमा पठाइदिन अनुरोध गरेको छ।
  • नेपाल ट्रष्टको कार्यालय कमलादीले कात्तिक ९ गते छलफल गरेर सहजीकरणका लागि मन्त्रालयलाई पत्र पठाएको थियो।

१३ कात्तिक, काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल/अचल सम्पत्ति खोज्दैछ ।

यस निम्ति संघीय सरकारले सबै स्थानीय तहमा पत्राचार गरेको छ ।

भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकामा पत्र लेखेर चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

‘नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली २०६४ तथा सम्पत्ति खोजबिन कार्याविधि  २०६७ वमोजिम पूर्व राजा बीरेन्द्र, रानी ऐश्वर्य तथा निजहरुको परिवारको नाममा रहेको वा निजहरुको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने नेपाल भित्र रहेको चल तथा अचल सम्पत्ति सम्बन्धी खोजबिन तथा अभिलेखिकरण प्रयोजनार्थ…’ पत्र लेखिएको उल्लेख छ ।

यो विषयमा नेपाल ट्रष्टको कार्यालय कमलादीले यही कातिक ९ गते छलफल गरेर सहजिकरणका लागि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको थियो ।

त्यसआधारमा संघीय मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहमा पत्र लेखेर पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको जग्गा धनी प्रमाणपूर्जा, जग्गाधनी दर्ता श्रेस्ता, फिल्डबुक वा सोसँग सम्बन्धित विवरण/कागजात नेपाल ट्रष्टको कार्यालयमा पठाइदिन भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?