News Summary
Generated by OK AI. Editorially reviewed.- उपत्यकामा दुई दिनदेखिको वर्षा रोकिएपछि घाम लागेको छ र त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।
- एनपीएलको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल आज ५ बजेका लागि तोकिएको छ ।
- यसअघि वर्षाले प्रभावित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भई दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।
१४ कात्तिक, काठमाडौं । उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।
यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।
क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4