News Summary
Generated by OK AI. Editorially reviewed.- उपत्यकामा दुई दिनदेखि जारी वर्षा दिउँसो करिब ३ बजेदेखि रोकिएर घाम लागेको छ ।
- वर्षाका कारण प्रभावित जनजीवन विस्तारै सामान्य बन्दै गएको छ ।
- एनपीएलअन्तर्गत त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ, तर सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल हुने-नहुने निश्चित भएको छैन ।
१४ कात्तिक, काठमाडौं । उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । दिउँसो करिब ३ बजेदेखि वर्षा रोकिएको थियो भने अहिले घाम लागिरहेको छ ।
वर्षाका कारण प्रभावित बनेको जवजीवन विस्तारै सामान्य बन्दै गएको छ ।
उता, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतका खेल पनि प्रभावित बनेको थियो । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।
यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।
क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।
तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर













प्रतिक्रिया 4