News Summary
Generated by OK AI. Editorially reviewed.- झरि रोकिएपछि त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच साँझ ५ बजे तय खेल सुरु गर्न मैदान सुकाउने काम भइरहेको छ।
- मैदान हिलो हुँदा खेल हेर्न पुगेका दर्शकहरू सास्तीमा परेका छन्।
- यसअघि दिउँसो १२ बजे तय लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले एक/एक अंक बाँडेका थिए।
१४ कात्तिक, काठमाडौं । झरि पर्न रोकिएसँग नेपाल प्रिमियर लिग (एनपीएल) का रोकिएका खेल सुरु गर्ने तयारी अघि बढाइएको छ ।
साँझ ५ बजेका लागि तय भएको सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सुरु गर्नका लागि मैदान सुकाउने काम भइरहेको हो ।
यसैबीच त्रिवि मैदानमा दर्शकहरू पनि पुग्न थालेका छन् । मैदानमा खेल हेर्न पुगेका दर्शकहरू हिलोका कारण समस्यामा परेका छन् ।
खेल हेर्नका लागि पुगेका दर्शकहरू सास्तीमा परेका हुन् ।
यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।
क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।
थप तस्वीरहरू–













प्रतिक्रिया 4