News Summary
Generated by OK AI. Editorially reviewed.- तस्बिर भाइरल भएपछि निश्चल बस्नेतले फोटो खिच्नुअघि सोधेर, बुझेर मात्र खिच्नुपर्ने लेख्दै रक्षात्मक जवाफ दिएका छन् ।
- उनले फोटो खिच्न आउने सबैको पृष्ठभूमि थाहा नहुने र भविष्यमा के गर्छन् भन्ने अनुमान गर्न नसकिने बताएका छन् ।
फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ ।
यसपालि फेरि उस्तै समस्या आइलाग्यो ।
केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले निश्चलको रक्तचाप बढाइदिएको हो । उक्त तस्बिरमा निश्चल बस्नेत र इनम सापकोटा एकसाथ देखिएका छन् । उनीहरूले कुन सन्दर्भमा यो तस्बिर खिचेका हुन् ? स्पष्ट छैन ।
यता, दिल निशानीले उक्त तस्बिर पोस्ट गर्दै निश्चलको आलोचना गरेका थिए । उनले लेखेका थिए, ‘…..कलाविहीन नायिकाका निर्देशकहरूको फोटो इमानसँग देखिएको छ । देशका संवेदनशील कागजपत्र बोकेर दिल्ली जान लागेका तिम्रा इमानको बारेमा बोल्न सक्दैनौ । बालेनको नाम लिएर फिल्म चलाउने खुराफाती आइडियाको युग पनि लगभग सकिएको छ ।’
यस पोस्टमा धेरैले निश्चललाई गाली गरेका छन् ।
इनमसँगको तस्बिर भाइरल भएपछि निश्चलले रक्षात्मक जवाफ फर्काएका छन् । उनले आज फेसबुकमा लेखेका छन्, ‘अबदेखि कसैले फोटो खिचौँ न भन्यो भने केही गलत काम गरेको त छैनौँ नि वा भविष्यमा केही गलत गर्नेवाला त छैनौँ नि भनेर, सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो ।’
फोटो खिच्न आउने सबै व्यक्तिको पृष्ठभूमि थाहा नहुने र उनीहरूले भविष्यमा के गर्छन् भन्ने अनुमान गर्न नसकिने उल्लेख गर्दै निश्चलले प्रत्युत्तरमा लेखेका छन्, ‘अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भयो ।’
अन्त्यमा उनले लेखेका छन्, ‘चिन्नु न जान्नु ।’
प्रतिक्रिया 4