+

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

२०८३ कात्तिक  १६ गते १४:२० २०८३ कात्तिक १६ गते १४:२०

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनपीएलअन्तर्गत सोमबार कीर्तिपुरमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।
  • टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो, जसमा अरिफुल इस्लामले ४४ रन बनाए।
  • कर्णालीका लागि हुसेन तलतले ४० र पवन सर्राफले अविजित ३० रन जोडे, भने काठमान्डुका करण केसीले २ विकेट लिए।

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन जोडे ।

पवन सर्राफले २३ बलमा २ छक्का मदतमा अविजित ३० रन जोडे । गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको योगदान गरे ।

कर्णालीका लागि अरिफुल इस्लामसँग बंगलादेशमा अर्का खेलाडी जिशान आलमले ओपनिङ गरेका थिए । आइतबार मात्रै नेपाल आइपुगेका जिशानले पहिलो खेल खेलेका हुन् । टिमको स्कोर २औ रन हुँदा उनी व्यक्तिगत ७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए ।

१२ रन अन्तरमा अरिफुल, दिपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो । तर पवन सर्राफ र हुसेन तलतले पाँचौ विकेटका अर्धशतकिय साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले । १७औं ओभरको अन्तिम बलमा तलत हिट विकेट हुनुअघि सर्राफसँग ६५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे ।

बलिङमा काठमान्डुका लागि कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए ।

एनपीएल कर्णाली काठमान्डु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय