+
+
Shares

प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका र नैतिकता तथा आचारसंहिता उल्लंघनको आरोप लागेका न्यायाधीशमाथि तत्काल छानबिन गर्न माग गरेको छ।
  • उसले सञ्चारमाध्यममा जोडिएका र स्पष्टीकरण दिएका न्यायाधीशलाई प्रश्न समाधान नभएसम्म न्यायसम्पादनमा संलग्न नहुन सुझाव दिएको छ।
  • ट्रान्सपरेन्सीले न्यायाधीशमाथि प्रश्न उठे संसदीय समितिमार्फत अनुसन्धान गरी सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्न पनि भनेको छ।

१६ कार्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि छानबिन हुनुपर्ने भनेको हो ।

त्यस्तै ट्रान्सपरेन्सीले सञ्चारमाध्यमका समाचारहरुमा जोडिएका र आफूले स्पष्टीकरण दिएका न्यायाधीशहरूले इमान्दारिता प्रदर्शन गरी प्रश्नहरुको समाधान नभएसम्म न्यायसम्पादनको काममा संलग्न नहुन सुझाव दिएको हो ।

विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावकारी व्यक्तिहरुसँग भेट्नु वा सम्पर्कमा आउनु आचारसंहिताका दृष्टिकोणले उचित नहुने भन्दै उसले यस्तो अवस्थामा छानबिन अघि बढाउनुपर्ने भनेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विज्ञप्तिमा भनेको छ, ‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरुले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।’

न्यायाधीशहरुरूमाथि प्रश्न उठेमा अनुसन्धान गर्ने निकाय संसद् रहेको भन्दै उसले तत्काल संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिन भनेको हो । उसले सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?