News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको बेलका नगरपालिका–८ मा चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद भएको छ।
- सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरो र दुई गणको संयुक्त टोलीले २४६ बोरामा लुकाइएको गाँजा प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रकबाट फेला पारेको हो।
- बरामद गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।
१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो ।
उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।
बरामद गरिएको गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया 4