+
युरोपियन च्याम्पियन्स लिग :

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

२०८३ कात्तिक  १८ गते ८:३५ २०८३ कात्तिक १८ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोमाविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट फर्केर ३–२ को जित निकालेको छ।
  • ब्रुनो फर्नान्डेस र माथियस कुन्हाले दोस्रो हाफमा गोल गर्दै युनाइटेडलाई जित दिलाए, जसमा कुन्हाले ८६औं मिनेटमा विजयी गोल गरेका थिए।
  • जितसँगै युनाइटेडको लगातार नौ खेलदेखिको जितविहीन यात्रा अन्त्य भयो, जबकि कार्लोस बालेबा पहिलो हाफमै चोटका कारण मैदानबाट बाहिरिएका थिए।

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्‍यो । ५८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । रोमाका खेलाडी पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेपछि दोहोर्‍याइएको पेनाल्टीमा फर्नान्डेसले गोल गरेका थिए ।

८३औं मिनेटमा माथियस कुन्हाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि कुन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले ३–२ को अग्रता बनायो ।

खेलको इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएपछि कुन्हा मैदानबाट बाहिरिए । तर १० खेलाडीमा सीमित युनाइटेडले बाँकी समय अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो ।

जितसँगै युनाइटेडले लगातार नौ खेलदेखिको जितविहीन यात्रा पनि अन्त्य गरेको छ । दुई गोलले पछि परेको अवस्थाले घरेलु टोलीमाथि दबाब बढाएको थियो । समर्थकले क्लबको स्वामित्व र व्यवस्थापनविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।

युनाइटेडका लागि अर्को चिन्ताको विषय मिडफिल्डर कार्लोस बालेबाको चोट बन्यो । पहिलो हाफमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

गएराति नै भएका अन्य खेलमा बार्सिलोनाले एस्टन भिल्लालाई ३-० ले हरायो भने पीएसजीले भिलारियललाई ६-०, बायर्नले एट्लेटिको मड्रिडलाई २-० तथा इन्टर मिलानले फेयनोर्डलाई ३-० ले हराए ।

म्यान्चेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय