+
+
Shares

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

शिष्टाचार भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज बिहान काठमाडौं आएका छन् ।
  • काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरी नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरेका छन् ।
  • मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको बहुआयामिक साझेदारी र द्विपक्षीय सहकार्य विस्तारबारे पनि कुराकानी भएको छ ।

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि भेटघाट थालेका छन् ।

काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

‘भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार दुई पक्षबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?