News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी प्रश्नमा आफू कमजोर नैतिक धरातलमा नउभिएको र हात सफा रहेको बताएका छन्।
- उनले भिडियो सन्देशमा ‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,' भनेका छन्।
- थापाले गलत प्रश्न आफूलाई नगर्न आग्रह गर्दै नेपाली कांग्रेसको आधिकारिकताको कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको बताएका छन्।
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कमजोर धरातलमा नउभिएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।
‘ढुक्क हुनुहोस् म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्,’ उनले भिडियो सन्देश जारी गर्दै भने, ‘मेरा पक्षमा ढुक्कले बोल्नुहोस्।’
उनले गलत प्रश्न आफूलाई नगर्न पनि आग्रह गरेका छन्। ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’ उनले भनेका छन्।
इनम सापकोटाले नाम लिएको विषयमा उनले थपे, ‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिताको कानुनी लडाईँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, अनुचित काम गरेको छैन, भएको छैन।’
प्रतिक्रिया 4