News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल सिजन ३ को आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएको छ।
- काठमान्डुको कप्तानी करण केसीले गरेका छन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन्।
- काठमान्डुले पहिलो रोजाइमा तीन परिवर्तन गर्दै साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेलाई समावेश गरेको छ।
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएछ। काठमान्डुको कप्तानी करण केसीले गरेका छन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन्।
विराटनगरको पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । काठमान्डुको पहिलो रोजाइमा तीन परिवर्तन गरिएको छ । मोहम्मद आदिल आलमसहित रिपोन मन्डोल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगे काठमान्डुको पहिलो रोजाइमा खेल्दैछन् ।
प्रतिक्रिया 4