२१ कात्तिक, काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो ।
पाण्डेको सुनुवाइ सकेर सिमितिले गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । डाँगीले समितिमा कार्ययोजना पेस गर्दैछन् । त्यसपछि सांसदहरको प्रश्नको जवाफ दिनेछन् ।
डाँगीको विरुद्धमा विभिन्न ७ वटा उजुरीहरू परेका छन् । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् ।
असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा चार न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
चारमध्ये दुई जनाको शुक्रबार सुनुवाइ भइसकेको छ। शुक्रबार डा.रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो ।
प्रतिक्रिया 4