+
+
Shares

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १५:०४

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । उनीहरूउपर शुक्रबार र शनिबार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो ।

उजुरीउपर छलफल सकाएर समितिले सुनुवाइ गर्‍यो र अनुमोदनको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?