+
एनपीएल :

काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

२०८३ कात्तिक  २१ गते २०:४३ २०८३ कात्तिक २१ गते २०:४३

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।

२१ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार तेस्रो जित हात पारेको छ ।

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४५ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो सिजन च्याम्पियन बन्दा लगातार ६ खेल जितेको लुम्बिनी यस सिजन सुरुवाती चार खेलमा अपराजित थियो । तर काठमान्डुविरुद्ध ब्याटिङ कोल्प्याप्स हुँदा लुम्बिनीले एनपीएलमा १० खेलपछि पहिलो हार बेहोरेको थियो । हारका बाबजुत पनि लुम्बिनी ५ खेलबाट ७ अंकसहित शीर्ष स्थानमै छ ।

पहिलो खेल हारेपनि लगातार तीन जित हात पारेको काठमान्डु ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा उक्लेको छ । ५ खेलबाट सुदूरपश्चिम रोयल्सको समान ६ अंक भएपनि काठमान्डु रनरेटमा अघि छ ।

१६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले खराब सुरुवात गर्दा पावर प्ले भित्रै ६ विकेट गुमाएको थियो । ओपनर डार्शी सर्ट ४, आसिफ १, निरोशन डिकवेला १४ र ग्रान्ड स्टेवार्ट ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल र दिलिप नाथले खाता समेत खोल्न सकेनन् ।

काठमान्डुका जहानदान खान र कप्तान करण केसीले लुम्बिनीले टप अर्डर र मिडल अर्डरलाई पावर प्लेमै ध्वस्त पारेका थिए । खानले पहिलो स्पेलमै ३ ओभर बलिङ गरेर ४ विकेट लिएका थिए ।

पाँचौ नम्बरमा ब्याटिङ गरेका सन्दिप जोराले त्यसपछि एक छेउबाट इनिङ्स सम्हाल्दै लुम्बिनीलाई कम स्कोरमा समेटिनबाट जोगाए । सन्दीपले सातौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २१ रनको साझेदारी गरे । ट्रम्पलम्यान ११ रन बनाएर आउट भए। ४७-७ को स्थितीमा रहेको लुम्बिनीको इनिङ्स जोरा र अभिशेष गौतमले अघि बढाए । यो जोडीले आठौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि लुम्बिनीको स्कोर हेर्नलायक बनेको थियो ।

अभिशेषले १७ बल खेल्दै १ चौका मदतमा १६ रन जोडे । एक छेउ सम्हालिरहेका सन्दीप जोरा पनि १८औं ओभरको चौथो बलमा आउट भए । जोराले ४५ बल खेल्दै ३ चौका मदतमा ४४ रन बनाए । शेर मल्ल अन्तिम ओभरमा १२ रनमा आउट भए । तिलकराज भण्डारी १ रनमा अविजित रहे ।

काठमान्डुका लागि जहानदाद खानले ४ ओभरमा २३ रन खर्चर सर्वाधिक ४ विकेट लिए । करणले ४ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर २ विकेट लिए । शाहब आलम, सन्तोष यादव, रसिद खान र सहान अराचिगेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

पहिलो विकेटका लागि वार्नरले साहिल पटेलसँग शतकिय साझेदारी गर्दै सानदार सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले कमजोर ब्याटिङ गरेपछि काठमान्डु १६० रनमा समेटिएको थियो ।

काठमान्डुका लागि अष्ट्रेलियन महान ब्याटर वार्नरले सर्वाधिक ६६ रन बनाए । ५० बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर पटेलले ३६ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३८ रन बनाए । सहान अराचिगेले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३४ रन बनाए ।

१२ ओभरमा कुनै विकेट नगुमाई १०० रन पूरा गरेको काठमान्डुका लागि वार्नर र पटेलले पहिलो विकेमा १०४ रन साझेदारी गरेका थिए । तर १४औं ओभरमा पटेल आउट भएपछि काठमान्डुको रन गति रोकियो ।

१६औं ओभरको पाँचौ बलमा शेर मल्लले वार्नरलाई सन्दीप जोराबाट क्याचआउट गराएपछि काठमान्डुले दोस्रो विकेट गुमायो । त्यसपछि भने लुम्बिनीका बलरले काठमान्डुको ब्याटिङ लाइन ध्वस्त बनाए ।

अभिशेष गौतमले १७औं ओभरको सुरुवाती दुई बलमा कप्तान करण केसी र विलियम बोसिस्टोलाई आउट गरे । करणले ९ रन बनाए । बोसिस्टोले खाता खोल्न सकेनन् । रसिद खान १, जहान्दन खान ६, मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिए । अभिशेषले ४ ओभरमा १५ र शेरले ४ ओभरमा १९ रन खर्चिए । ३ ओभर बलिङ गरेका ट्रम्पलम्यानले २४ रन खर्चिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय