+
+
Shares

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको इच्छाकामना-४ घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजे पहिरो खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
  • प्रहरीले उपकरण प्रयोग गरेर सडक खुलाउने काम भइरहेको र करिब आधा घण्टाभित्र सञ्चालनमा आउने बताएको छ ।

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?