+
+
Shares

देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते २१:०२

२३ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।

नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना ¥यालीपछि उनले यस्तो बताएका हुन् ।

उनले पुराना पार्टीहरुले भ्रष्टाचार गरी देश डुबाएको र नयाँं भनिएको पार्टीले गतवर्ष भदौ २३ र २४ गते देश जलाएको आरोप लगाए । यी दुवै पक्षबाट देश नबन्ने सुवालले ठोकुवा गरे ।

देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो उनले बताए । ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरूले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले गर्न सक्दैनन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?