२५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ ।
भाइटीकाको अवसरमा बुधबार सर्वसाधारणका लागि मन्दिर खोलिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।






तस्वीरहरू : हरिराम भेटुवाल/रासस
प्रतिक्रिया 4