२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।
विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।
आफूले यही स्थानमा निरन्तर २८ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको उनले बताइन् ।
उनले दिदिभाइबीच निस्वार्थ रूपमा माया बढिरहोस् भन्ने कामनाका साथ आगामी दिनमा पनि भाइटीकालाई निरन्तरता दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4