+
+
Shares

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देउँसी भैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा रुपन्देही र सर्लाहीकी दुई महिला पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत छन् ।
  • उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा पक्राउ गरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

२६ कात्तिक, काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

नेपाली मौलिक कला, संस्कृती, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रर्दशन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दले बताए ।

उनीहरूलाई लुम्बिन सांस्कृतिक नगरपालिका–१० महिलावार बजारमा पक्राउ गरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?