+
एनपीएल :

पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२०८३ कात्तिक  २६ गते १२:१५ २०८३ कात्तिक २६ गते १२:१५

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको तेस्रो सिजनअन्तर्गत आज पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्, र पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
  • विराटनगरले आन्द्रे रसेल, शुभम रन्जाने र नारायण जोशीको स्थानमा इसुरु उढाना, चरिथ असालंका र प्रतिश जिसीलाई पहिलो रोजाइमा उतारेको छ।
  • पोखराले विवेक राना मगर र महेदी हसनको स्थानमा सागर ढकाल र रमेश मेन्डिसलाई खेलाइरहेको छ, र उढाना तथा मेन्डिसले आज एनपीएलमा डेब्यु गर्दैछन्।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्।

पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेलमा विराटनगरले तीन परिवर्तन गरेको छ । आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उढाना र चरिथ असालंका तथा नारायण जोशीको स्थानमा प्रतिश जिसी पहिलो रोजाइमा खेल्दैछन् ।

पोखराले पनि दुई परिवर्तन गरेको छ । विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिस खेल्दैछन्। आज पहिलो रोजाइमा रहेका विराटनगर उडाना र पोखराका रमेश मेन्डिसले यसै खेलबाट एनपीएलमा डेब्यु गर्दैछन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय