+

कस्तो अवस्थामा पटक-पटक डन्डिफोर आइरहन्छ ?

२०८३ कात्तिक  २६ गते १३:४१ २०८३ कात्तिक २६ गते १३:४१
कस्तो अवस्थामा पटक-पटक डन्डिफोर आइरहन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • किशोरावस्था, महिनावारी, गर्भावस्था, रजोनिवृत्ति, पोलिएन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम र केही औषधिले डन्डिफोर बढ्न सक्ने बताइएको छ।

डन्डिफोर छालामा देखिने एक सामान्य समस्या हो । अनुहारमा रातो बिबिरा निस्कन्छन् । यस्ता डन्डिफोर कम वा धेरै हुन सक्छन् । अनुहारबाहेक छाती र ढाडमा पनि डन्डिफोर देखिन सक्छ ।

डन्डिफोर हुँदा छाला चिल्लो देखिने, छालामा दाग देखिने, दुख्ने खालका गिर्खा निस्कने, छालाको बनावटमा परिवर्तन आउने तथा छुँदा दुख्ने वा पोल्ने पनि हुन सक्छ।

अक्सर गलत खानपानका कारण डन्डिफोर आउन सक्ने मानिन्छ । तर, बारम्बार डन्डिफोर आइरहनु कुनै स्वास्थ्य समस्याको सङ्केत पनि हुन सक्छ भनिएको छ । बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार डन्डिफोर आउनुका केही कारणहरू छन् र यससँग सम्बन्धित केही स्वास्थ्यहरू पनि रहेका छन् ।

डन्डिफोर किन हुन्छ ?

रौं उम्रने छालाका साना छिद्र बन्द हुँदा डन्डिफोर हुन्छ । यसरी छिद्र बन्द भएपछि छालाभित्र अतिरिक्त तेल र मृत छालाका कोषहरू जम्मा हुन थाल्छन् । यस्तो अवस्थामा ब्याक्टेरिया बढ्न थाल्छन् र संक्रमण भई पिप जम्मा हुन सक्छ । यसैका कारण छालामा डन्डिफोर देखिन्छ ।

कुन स्वास्थ्य समस्यामा डन्डिफोर हुन्छ ?

डन्डिफोर हुनुका पछाडि केही स्वास्थ्यसम्बन्धी समस्या पनि हुन सक्छन् । शरीरमा हर्मोनको स्तरमा परिवर्तन आउँदा डन्डिफोर देखिन सक्छ । विशेषगरी किशोरावस्था, महिनावारी, गर्भावस्था तथा रजोनिवृत्तिको समयमा यस्तो समस्या हुन सक्छ ।

त्यस्तै, पोलिएन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम वा केही औषधिको प्रभावले पनि डन्डिफोर हुन सक्छ ।

डन्डिफोरबाट बच्न के गर्ने ?

– अनुहारलाई नरम तथा छालालाई असर नगर्ने क्लिन्जरले सफा गर्ने ।

– दिनभर मेकअप लगाएको छ भने राति सुत्नुअघि अनिवार्य रूपमा मेकअप हटाउने ।

– छालालाई बढी चिल्लो नबनाउने अर्थात् तेलरहित स्किन केयर सामग्री प्रयोग गर्ने ।

– आवश्यक परे डन्डिफोरको उपचारका लागि औषधि प्रयोग गर्ने ।

– अनुहारबाहेक शरीरका अन्य भागमा डन्डिफोर आएको छ भने खुकुलो र हावा सजिलै आवतजावत गर्न सक्ने कपडा लगाउने ।

के गर्नु हुँदैन ?

-डन्डिफोर निचोर्ने, फुटाउने वा कोट्याउने गर्नु हुँदैन । यसो गर्दा छालामा गहिरो दाग बस्न सक्छन् ।

-छालालाई जोडसँग रगड्नु हुँदैन । यसले डन्डिफोरको समस्या झन् बढाउन सक्छ ।

कस्तो अवस्थामा चिकित्सकसँग सम्पर्क गर्ने ?

– धेरै नै डन्डिफोर देखिन थालेमा ।

– डन्डिफोर गहिरो र धेरै दुख्ने भएमा ।

– छालामा स्थायी दाग बस्न थालेमा ।

– छाला पोल्ने, सुन्निने समस्या देखिएमा ।

– डन्डिफोरका कारण मानसिक स्वास्थ्यमा असर पर्न थालेमा ।

डन्डिफोर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय