+

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

२०८३ मंसिर  १ गते १०:०१ २०८३ मंसिर १ गते १०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साबा महिला बास्केटबल डिसेम्बर ६ देखि १० सम्म भारतको चेन्नाईमा आयोजना हुँदैछ, जसमा नेपालले भारत, माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।
  • नेपालले डिसेम्बर ६ मा भारत, ७ मा माल्दिभ्स र ८ मा श्रीलंकासँग लिग चरणका खेल खेल्नेछ ।
  • नेपाल बास्केटबल संघले साबा च्याम्पियनसिपका लागि छिटै १२ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछ ।

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ ।

फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको खेलहरु हुनेछ । लिग चरणपछि फाइनल खेल हुनेछ ।

नेपालले डिसेम्बर ६ मा भारतसँग पहिलो खेल खेल्नेछ । यस्तै माल्दिभ्स डिसेम्बर ७ र श्रीलंकासँग डिसेम्बर ८ मा खेल्नेछ ।

लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

साबा च्याम्पियनको विजेता सिधै फिफा महिला एसिया कपमा छनोट हुने र उपविजेता टिमको छनोट बारे फिबाले अन्तिम निर्णय गर्न बाँकी रहेको राष्ट्रिय महिला बास्केटबल टिमका मुख्य प्रशिक्षक विकास शाहीले जानकारी दिए ।

हाल नेपाली महिला बास्केटबल टोली प्रशिक्षणमा रहेको र साबा बास्केटबलका लागि छिटै १२ सदस्यीय अन्तिम टोली घोषणा गरिने नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।

साबा बास्केटबलको लागि राष्ट्रिय टोलीमा समावेश हुने खेलाडीले दशौँ राष्ट्रिय खेलकुद नखेल्ने गुरुङले जानकारी दिए ।

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुनेछ । महिला बास्केटबलको प्रतिस्पर्धा भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछ । तर राष्ट्रिय खेलकुद खेलेर लगत्तै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा ट्राभल देखि धेरै कुराले असर गर्ने हुँदा राष्ट्रिय खेलकुद नखेल्ने प्रशिक्षक शाहीले जानकारी दिए ।

Screenshot
नेपाल बास्केटबल फिबा महिला एसिया कप साबा च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय