१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरुलाई सम्मान गरेका हुन् ।
सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पु¥याउनुका साथै रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरिएको हो ।
२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो । ठूलो क्षति हुँदाहुँदै पनि भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सम्मानित
राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता
| छनोटका क्षेत्र | नाम |
| निकायमध्ये उच्च आयकर तिर्ने | सूर्य नेपाल प्रालि. |
| एकलौटी फर्ममध्ये उच्च आयकर तिर्ने | थर्ड आई इन्टरनेसनल |
| वस्तु निर्यात कारोबारमा उच्च आयकर तिर्ने | डाबर नेपाल प्रालि. |
| आईटी सेवा निर्यातबाट उच्च आयकर तिर्ने | इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल |
| कृषि तथा पशुपंक्षी उद्योगमा उच्च आयकर तिर्ने | ओसीबी फुड्स एन्ड फिड्स प्रालि. |
| बैंकिङ कारोबारबाट उच्च आयकर तिर्ने | नबिल बैंक लि. |
| स्वास्थ्य तथा शैक्षिक संस्थाबाट उच्च आयकर तिर्ने | नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. |
| पर्यटन व्यवसायबाट उच्च आकयर तिर्ने | सोल्टी होटल लि. |
| वस्तु व्यापार कारोबारबाट उच्च आयकर तिर्ने | सीजी इम्पेक्स प्रालि. |
| वार्षिक ५० करोडदेखि १०० करोडसम्म कारोबार गर्ने करदातामध्ये उच्च आयकर तिर्ने | फुड एन्ड बिभरेज टेक्नोलोजी |
| ऊर्जा उद्योगबाट उच्च आयकर तिर्ने | भोटेकोशी पावर कम्पनी प्रालि. |
| रेमिट्यान्स कारोबारबाट उच्च आयकर तिर्ने | आईएमई लि. |
| व्यक्तिगत आयबाट उच्च आयकर तिर्ने | राजबहादुर शाह |
| समयमै र नियमित बढी मूल्य अभिवृद्धि कर तिर्ने (२०७७ साउनदेखि २०८३ असारसम्म) | हिमालयन डिस्टिलरी लि. |
| वार्षिक ५० करोडसम्म कारोबार गर्नेमा उच्च आयकर तिर्ने | इम्पेरियल सेक्युरिटिज लि. |
| विशेष उद्योगमध्ये उच्च आयकर तिर्ने | बरुण बिभरेज नेपाल प्रालि |
| जीवन बीमामा उच्च आयकर तिर्ने | लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. |
| निर्जीवन बीमामा उच्च आयकर तिर्ने | सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. |
| लघुवित्त कम्पनीमा उच्च आयकर तिर्ने | छिमेक लघुवित्त वित्तीय संस्था लि. |
प्रतिक्रिया 4