+
+
Shares

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरबाट १ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० का २९ वर्षीय प्रज्वल रिजाल छन्।
  • उनीहरूलाई बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

१ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उक्त भ्यान नख्खुचोक तर्फबाट अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । भ्यानभित्रको बोराबाट प्रहरी स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार रुपैयाँ, ५ सय दरका ५१ लाख ५० हजार, १ दरका ५ लाख, ५० दरका ४२ लाख ६ सय, २० को दरका ४२ हजार ३६०, १० दरका १० हजार २७०, ५ दरका १ हजार रुपैयाँ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?