+
एनपीएल :

लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

२०८३ मंसिर  १ गते १६:३७ २०८३ मंसिर १ गते १६:३७

नेपाल प्रिमियर लिगको आज हुने पहिलो प्लेअफमा लुम्बिनी लायन्सले टस जितेको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगको पहिलो प्लेअफमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
  • आजको खेलमा सुदूरपश्चिम रोयल्स ब्याटिङमा आउनेछ र उसले लुम्बिनीविरुद्ध बदलासहित मैदानमा उत्रिनेछ।
  • लुम्बिनीले लगातार जित कायम गर्ने लक्ष्यका साथ खेल्नेछ।

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साविक बिजेता लुम्बिनीले टस जितेर बलिङ रोजेको छ भने सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

लुम्बिनीलले पछिल्लो खेलबाट पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन ।

सुदूरपश्चिमले पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा पहिलो रोजाइमा फर्किएका छन् भने फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्से पहिलो रोजाइमा खेल्दैछन् ।

स्कटिकस अलराउण्डर म्याकमुलेन आईएल टी२० खेल्न यूएई गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा खेल्ने भएका हुन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय