काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर लक्ष्य पूरा हो ।
लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो ।
हारका बाबजुत पनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।
लुम्बिनीको लागि विकेटकिपर डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का मदतमा अविजित ५९ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले २८ बल खेल्दै १ चौका मद्दतमा २१ रन योगदान गरे ।
निरोशन डिकवेला रनको खाता नखोल्दै सुदूरपश्चिमले उनलाई आउट गर्ने मौका गुमाएको थियो । अन्त्यमा उनैले अर्धशतक प्रहार गर्दै लुम्बिनीको जितमा नायक बने ।
वान डाउनमा ब्याटिङमा आएका डिकवेलालाई दोस्रो ओभरको दोस्रो बलमा सुदूरका अभिनाश बोहराले क्याच ड्रप गरेका थिए । अविनाश बोहराले क्याच छाड्दै उनलाई जीवनदान दिएका थिए ।
२४ रनमा २ विकेट गुमाएको लुम्बिनीका लागि डिकवेला र कप्तान रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
ओपनर डार्शी सर्ट शुन्यमा आउट हुँदा आसिफ शेख ४ रन मात्र बनाएर आउट भए । विजयी छक्का प्रहार गरेका दिलीप नाथले १२ बलमा अविजित १० रन बनाए ।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट लिए । सन्दीप जोरा ८ रनमा आउट भए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले अन्तिम ओभरमा आउट हुनुअघि ५१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
टिमको स्कोर ८ रन हुँदा चौथो ओभरमै क्रिजमा पुगेका दीपेन्द्रले इशान पाण्डेसँग मिलेर अर्धशतकिय साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
यो जोडीले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरे । इशान पाण्डेले २७ रन योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यस सिजन पहिलो खेल खेलिरहेका स्टकिस ओपनर जर्ज मन्से खेलको पहिलो बलमै आउट हुँदा सुदूरपश्चिमको सुरुवात नै खराब रह्यो ।
यस्तै पहिलो खेल खेलिरहेका अर्का खेलाडी तानुका दबारे नि तेस्रो ओभरमा ट्रम्पलम्यानकै बलमा विकेटकिपर निरोशन डिकवेलाबाट क्याचआउट भए ।
रुबेन ट्रम्पलम्यानले पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दा ७ रनमात्र खर्चेर २ विकेट लिएका थिए । त्यसपछि अभिशेष गौतमले ओपनर विनोद भण्डारीलाई निरोसन डिकवेलाबाटै स्टम्प पछाडि क्याच आउट गराए ।
३.१ ओभरमा ८-३ को अवस्थामा पुगेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डे ६४ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।
तर इशान १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमले चौथो विकेट गुमायो । इशानले ३३ बल खेल्दै ३ चौका मदतमा २७ रन बनाए ।
त्यसपछि आएका थरिन्दु रत्नायकेलाई १६औं ओभको पहिलो बलमै शेरल मल्लले बोल्ड गरे । आरिफ शेख ६ बलमा ४ रन बनाएर आउट भए । आरिफलाई शेर मल्लले डार्शी सर्टबाट क्याचआउट गराए ।
एक छेउ सम्हालिरहेका कप्तान दीपेन्द्र पनि अन्तिम ओभरको दोस्रो बलमा आउट भए । उनलाई किशोर महतोले डार्शी सटबाट क्याचआउट गराए ।
स्कट कुगेलेइन ७ रन बनाएर अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका लागि ट्रम्पलम्यानले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट लिए । किशोर महतो र अभिशेष गौतमले १-१ विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए ।
प्रतिक्रिया 4