News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति भएको बताइन् ।
- काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले संविधान संशोधनजस्ता विषयमा दलहरूबीच पर्याप्त छलफल र परामर्श आवश्यक रहेको बताइन् ।
- भण्डारीले दूरगामी महत्वका राष्ट्रिय राजनीतिक कोर्समा संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच सहकार्य र राष्ट्रिय सहमति हुनुपर्ने बताइन् ।
३ मंसिर, काठमाडौं । नेकपा एमालेकी बरिष्ठ नेता विद्यादेवी भण्डारीले अहिलेको आवश्यकता दलहरुबीच सम्वाद, सहकार्य र राष्ट्रिय सहमतिको भएको बताएकी छन् ।
राष्ट्रिय कार्यकर्ता भेलालाई विहीबार काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधान संशोधन लगायत राष्ट्रिय राजनीतिक कोर्समा दलहरुबीच सहकार्यको आवश्यकता रहेको बताएकी हुन् । ‘अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, सम्वाद, सहकार्य र राष्ट्रिय सहमति हो,’ उनले भनेकी छन् ।
संविधान संशोधन गर्दा दलहरुबीच ब्यापक छलफलको आवश्यकता रहेको भण्डारीले बताएकी छन् । ‘यस्तो दूरगामी महत्वको विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक छ,’ भण्डारीले भनेकी छन् ।
प्रतिक्रिया 4