+
+
Shares

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते २१:४३

४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी रहेका छन् । दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक चौधरी र पछाडि सवार वाइबा घाइते भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्‍याएको थियो ।

उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे चालक चौधरीलाई मृत घोषणा गरेका थिए । पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?