+
+
Shares

मोतिहारी-अमलेखगञ्ज पाइपलाइन हस्तान्तरण र सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन-टर्मिनल शिलान्यास

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १४:२८

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुई दिने भारत भ्रमण क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो ।

त्यसैगरी सिलिगुडी–झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल पनि शिलान्यास भएको छ । करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ (२ अर्ब ७८ करोड भारु पाइपलाइन र ५ अर्ब भारु टर्मिनल) प्रारम्भिक लागत अनुमानित यो आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य छ, जसले ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउने ईआईए प्रतिवेदनले देखाएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुईवटै पूर्वाधार सम्पन्न भएपछि मुलुकको इन्धन ढुवानी लागत घट्नुका साथै ऊर्जा सुरक्षा र आपूर्ति प्रणालीमा आमूल सुधार आउने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?