+
+
Shares

भारतसँग सन्धिलगायत सम्झौता आपसी सहमतिमा पुनरावलोकन गरिने

सीमा र जलस्रोतका विवाद संवादबाट टुङ्ग्याउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १६:२५

७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति भएको छ ।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल :साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोण दस्तावेजमा द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक, आर्थिक तथा प्राविधिक यथार्थलाई प्रतिबिम्बित गर्नुपर्ने र अद्यावधिक एवं अग्रगामी कानुनी ढाँचामा आधारित हुनुपर्ने उल्लेख छ ।

दस्तावेजको बुँदा नम्बर ४ अनुसार जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमासम्बन्धी विषयलगायत दुवै देशबीच थाती रहेका सबै मामिलाहरू आपसी छलफल र संवादमार्फत समाधान गरिने सहमतिसमेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?