+
+
Shares

प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते २०:०३

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्‍याम्प ज्याकेट लगाएका छन् ।

यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार उनीसहित गृहमन्त्री सुदन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेल प्रोटोकल उल्लङ्घन गर्दै र्‍याम्प ज्याकेटविना नै जहाजको पार्किङ क्षेत्र (एप्रोन) पुगेका थिए ।

एप्रोन क्षेत्रमा विमानस्थल पास र एप्रोन ज्याकेटविना प्रवेश गरेपछि ४ वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई कारबाही गरेको थियो ।

जहाज पार्किङ गरिएको संवेदनशील क्षेत्र (र्‍याम्प एरिया) मा जहाजका यात्रु तथा क्रु मेम्बर बाहेक जुनसुकै व्यक्ति जाँदा र्‍याम्प ज्याकेट र विमानस्थलले जारी गरेको पास लगाउनैपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओको) अनुसूची १७ मा लेखिएको छ ।

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?