८ मंसिर, काठमाडौं । रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भएको हो । रोहेल नाजिर ८३ बलमा ६४ रन बनाएर नटआउट रहे । हसन नवाजले २८ रन बनाए । अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन बनाए ।
नेपालका लागि रासिदले ८ ओभरमा ३९ रन दिएर ५ विकेट लिए । लिस्ट ए डेब्यू गरेका अभिशेष गौतमल २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले १-१ विकेट लिए ।
नेपालले सेमिफाइनल सम्भावना कायमै राख्न यो खेल ठूलो अन्तरले जित्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4