+
+
Shares

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते ६:५४

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ ।

८ मंसिरदेखि सुरु भएको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् ।

केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बस्न लागेको कांग्रेसले जनाएको छ ।

बिहीबारको बैठकले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेको थियो । वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमवासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउन नहुने कांग्रेसको धारणा छ ।

सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको कांग्रेसको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?