११ मंसिर, काठमाडौं । २३ वर्षीया निरुता जिटीले क्रिकेट अम्पायरका रूपमा डेब्यु गरेकी छन् ।
१०औं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार भएको महिला क्रिकेटमा लुम्बिनी र मधेश प्रदेशबीचको खेलबाट निरुताले अम्पायरिङ यात्रा सुरु गरेकी हुन् ।
उनलाई आईसीसी अम्पायर सन्जय गुरुङले डेब्यु क्याप दिए । उनलाई अर्को एन्डबाट सुशीलकुमार यादवले साथ दिएका थिए ।
स्याङ्जाकी निरुताले यसअघि गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेलेकी थिइन् । खेलाडीका रूपमा क्रिकेटमा जोडिएकी उनी सानै उमेरमा अम्पायरिङतर्फ लागेकी हुन् ।
यस्तै, नेपाली राष्ट्रिय क्रिकेटमा पहिलोपटक अनफिल्ड अम्पायरको जिम्मेवारी दुवै महिलाले निर्वाह गरेका छन् । गण्डकी र बागमती प्रदेशबीचको खेलमा गौरी बोहरा र नितु थापाले अनफिल्ड अम्पायरको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया 4