+

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि हुने

२०८३ मंसिर  ११ गते १९:०४ २०८३ मंसिर ११ गते १९:०४

११ मंसिर, काठमाडौं ।  रेड बुल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को तेस्रो संस्करण आगामी पुस ६ देखि सुरु हुने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै महिला भलिबलको फ्रेन्चाइज लिगको तेस्रो संस्करण पुस ६ देखि १५ गते (२०२६ डिसेम्बर २१-३०) सम्म हुने जनाएको छ ।

दश दिनसम्म चल्ने यो प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको मिति नेपाल भलिबल संघबाट आधिकारिक रूपमा स्वीकृत भएको र प्रतियोगिता हुने स्थल लाई पनि राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृत दिएको आयोजकले जनाएको छ ।

यी दुवै निकायको समर्थनले यो लिग नेपालको खेलकुद क्यालेन्डरको एक महत्त्वपूर्ण कार्यक्रम बनेको आयोजकले जनाएको छ ।

लिगको तेस्रो सिजनलाई अझ उत्कृष्ट ढंगले आयोजना गरिने आयोजकको अपेक्षा छ ।

सुरुआतदेखि नै एभरेष्ट महिला भलिबल लिगले नेपाली महिला खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न, अघि बढ्न र नयाँ पिँढीलाई प्रेरित गर्न मञ्च उपलब्ध गराउँदै आएको र मुख्य प्रायोजक रेड बुलको साझेदारीसँगै यो लिगले नेपालमा महिला भलिबललाई अझ बलियो वातावरण र फराकिलो दर्शकवर्ग दिने लक्ष्य राखेको छ ।

इडब्लुभिको तेस्रो संस्करणमा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

एभरेष्ट महिला भलिबल लिग नेपाल भलिबल महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय