+
+
Shares

हिमपातले अवरुद्ध लिमी जोड्ने सडक तीन महिनापछि खुल्यो

गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो ।

नरजन तामाङ नरजन तामाङ
२०८३ मंसिर ११ गते १९:३६

११ मंसिर, हुम्ला । हिमपातले तीन महिनादेखि अवरुद्ध नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको न्यालु–लाप्चा सडक खुलेको छ ।

गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो ।

५ हजार १ सय मिटर उचाइमा रहेको न्यालु लेकमा ठूलै हिमपात परेकाले तीन महिनासम्म सडक अवरुद्ध रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

उनले अहिले लामो प्रयासपछि सडक खुलेको जानकारी दिए । उनका अनुसार पूर्वाधार विकास कार्यालय हुम्लाको सहयोगमा हिउँ पन्छाइएपछि सडक सञ्चालनमा आएको हो ।

मंसिर ६ गतेदेखि १० गतेसम्म पूर्वाधार विकास कार्यालयका प्राविधिक टोली ५ दिन निरन्तर सडक खुलाउने कार्यमा खटिएको उनले जानकारी दिए । सडक खुलेपछि आउजाउ सहज भएको उनले बताए ।

न्यालुलेख खुलेपछि लिमीका तिल, जाँङ हल्जी र लाप्चा, आउजाउ गर्न सहज भएको अध्यक्ष लामाले बताए ।

सडक सञ्चालनमा आएपछि लिमीमा अलपत्र परेका ७ वटा सवारी साधन पनि सञ्चालनमा आएको अध्यक्ष लामाले जानकारी दिए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?