+
+

प्रधानमन्त्रीलाई ओलीले भने : चुनाव सार्ने चेष्टा नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १५:५७

५ वैशाख, सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’

उनले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?