+
+

बाजुराका सबै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते ९:३१

११ वैशाख, डोटी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरूमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमाले प्रदेश कमिटीले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम मार्तडीको प्रमुखमा अमर खड्का र उपप्रमुखमा नन्दा थापाले उम्मेद्वारी दिनेछन् । बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरालाई प्रमुख र मनु रोकाया बिसीलाई उपप्रमुख बनाइएको छ ।

बुढीगङ्गा नगरपालिका प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिबेणी नगरपालिकाको प्रमुखमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बिष्ट, जगन्नाथ गाउँपालिकाको अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, गौमुल गाउँपालिकाको अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापाले टिकट पाएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अनुसार हिमाली गाउँपालिकाको अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक गाउँपालिकाको अध्यक्षमा चतुरभुज शाही र उपाध्यक्षमा सुलोचना भण्डारी बुढा र खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओली उम्मेद्वार हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?