+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भोटेकोशीमा लाइसेन्सविनै र्‍याफ्टिङ : उपत्यका पर्यटन कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:४५

८ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा रिभर गाइडहरुले लाइसेन्सविनै जलयात्रा (र्‍याफ्टिङ) गराउने गरेको पाइएको छ ।

बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको उपत्यका पर्यटन कार्यालयले २४ वैशाखमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको कार्यालयले जनाएको छ ।

कार्यालयले र्‍याफ्टिङ एशोसिएसन खफ नेपाल (नारा)लाई पत्र लेख्दै लाइसेन्स नलिएका गाइडबाट जलयात्रा चलाउनु असुरक्षित हुने भन्दै नियमानुसार लाइसेन्स प्राप्त रिभरडाइडबाट मात्र जलयात्रा सञ्चालन गर्न गराउन ध्यानाकर्षण गराएको छ । थोरै मात्र सुरक्षा असावधानीबाट पनि यात्रुको ज्यान जोखिममा पर्न सक्ने भन्दै कार्यालयले सचेत गराएको हो ।

नाराले समेत आफू मातहतका सदस्य कम्पनीहरुलाई लाइसेन्स नलिएका रिभर गाइडबाट र्‍याफ्टिङ नगराउन सचेत गराएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?