+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राकेशभक्त मृत्यु प्रकरणको अनुसन्धानका लागि ९ जना पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ १७ गते २०:११
राकेशभक्त पौडेलको परिवार र भित्तामा पौडेलको तस्वीर ।

१७ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ का ३८ वर्षीय राकेशभक्त पौडेलको मृत्युको घटना अनुसन्धानका लागि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जीतपुरसिमरा–६ कै १६ वर्षीया किशोरी, १७ वर्षका किशोर, ४३ वर्षका चित्रबहादुर केसी, २४ वर्षका सुमन योञ्जन, २६ वर्षका सन्दीप थापा, २८ वर्षका सन्तोष खत्री, ४० वर्षका खगेन्द्र रिजाल, ३५ वर्षका उद्धव अधिकारी र ३२ वर्षका कुमार मगरलाई पक्राउ गरेको हो ।

१६ वर्षीया किशोरी, खगेन्द्र, चित्रबहादुर, खगेन्द्र, उद्धव अधिकारी र सन्तोष खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ भने अरुलाई अदालत पेश गर्न बँँकी रहेको प्रहरीले जनाएको छ ।

मृतकको परिवारले ५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएको थियो । तर थप ४ जनामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएकाले उनीहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

वैशाख २९ गते राकेशभक्त चित्रबहादुरको घर बाहिर गेटनिर घाइते अवस्थामा फेला परेका थिए । उद्धार गरी सिमराको अल्पाइन अस्पतालमा लगिएका उनलाई थप उपचारका लागि वीरगञ्जको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएकामा अस्पतालले मृत घोषित गरेको थियो ।

प्रहरीले घटना भएको दिन चित्रबहादुरको घरमा भेला भएकाहरुलाई पक्राउ गरेको हो । ९ जेठमा किशोरी पक्राउ गरेको प्रहरीले १३ जेठमा चित्रबहादुर र खगेन्द्रलाई पक्राउ गर्‍यो भने अरुलाई १४ र १६ जेठमा पक्राउ गरेको हो ।

हत्या नै भएको मृतक पक्षको दावी

प्रहरी स्रोतका किशोरीले राकेशभक्तले आफ्नो कोठामा आएर जबर्जस्ती करणी गर्न खोजेपछि बियरको बोतलले हानेको र उनी चेन गेटमा अल्झेर लडेर मृत्यु भएको बयान प्रहरीसमक्ष दिएकी छन् ।

राकेशभक्तको परिवारले भने हत्या नै भएको दावी गरेको छ । अस्पताल लगेपछि मात्र आफूहरुलाई खबर गरेको, सुरुमा छतबाट लडेर घटना भएको भनिएको, लडेको भनिएको ठाउँमा रगतको टाटा नदेखिएको जस्ता घटनाले शंकास्पद भएको उनहरुको तर्क छ ।

मृतकका दाजु राजेशभक्त पौडेलले हत्याको घटनालाई ढाकछोप गर्न किशोरीलाई अघि सारिएको दावी गरेका छन् । ‘टाउकोको पछाडि भागमा ४ सेन्टिमिटर लामो र १ सेन्टिमिटर गहिरो घाउ छ । घटनास्थलमा एक थोपा रगत छैन’, उनले भने, ‘गतिविधि सबै शंकास्पद छ । घटना भएको दिन बाहिर वडाका ४ जना मानिस त्यो घरमा थिए । सुरुमा छतबाट लडेको भनियो, १० औं दिनमा किशोरीलाई अघि सारिएको छ ।’

बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘ज्यान मारेको अभियोग अनुसन्धान गर्न ९ जना मानिसलाई पक्राउ गरेका छौं । घटना अनुसन्धानको क्रममा छ’, उनले भने, ‘अन्ुसन्धानको क्रममा भएको घटनाबारे धेरै कुरा बोल्न मिल्दैन ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?