+
+

आमा बन्दै आलिया भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १२:०३

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ ।

आलियाको यो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो । रणवीरकी बहिनी रिदिमा कपुरदेखि बलिउड कलाकारले समेत इमोजी राख्दै बधाई दिइरहेका छन् । करण जोहर, प्रियंका चोपडा लगायतले पनि बधाई दिएका छन् ।

गत अप्रिल १४ मा रणवीर र आलियाको विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?