+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

नेपाली बालगायक प्रसुनले थाइल्याण्डमा गायन प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १६:४७
अभिनेता राजेश हमालसँग प्रसुन

काठमाडौं । नेपाली बालकलाकार प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत उनले बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

परिवर्तन इभेन्ट हाउसले १० वर्षदेखि राजधानीमा आयोजना गर्दै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएवापत प्रसुनले सो प्रतिस्पर्धामा भाग लिने अवसर पाएका हुन् ।

उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन् । १०४ विद्यार्थीलाई पछाडि पार्दैै डीएसए सिंगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षीय प्रसुनले ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सौन्दर्य प्रतियोगिताको शैलीमा हुने प्रतिस्पर्धामा प्रसुनले परिचय राउन्डदेखि ट्यालेन्ट, नेसनल ड्रेसजस्ता विभिन्न चरणमा आफूलाई प्रस्तुत गर्ने बताए । ट्यालेन्ट राउण्डमा गीत र ड्रेस राउण्डमा राष्ट्रिय पोशाकमा सहभागी भई देशलाई चिनाउने उनले बताए ।

उनलाई बिदाइ गर्न ब्राइट फ्युचर विद्यालयले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले उनको सफलताको कामना गरे । उनलाई सघाउन नगरपालिका तयार रहेको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?