+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लोसपाले गल्ती स्वीकार नगरेसम्म तालमेल हुन्न : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते २०:३३

११ भदौ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गल्ती स्वीकार नगरेसम्म चुनावमा तालमेल नहुने बताएका छन् ।

राजविराजमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले लोसपाका नेताहरुले मधेशीको भविष्य बर्बाद गरेको आरोप लगाए ।

‘भक्तपुरको एउटा रिसोर्टमा लुकेर किन पार्टी फोडे, के प्राप्त गर्नका लागि फोडे, फोडेपछि के फेला पर्यो ?’ यादवले भने, ‘केपी ओलीलाई मजबुत बनाउनका लागि र अलिकित प्रसादी चाट्नका लागि मात्रै पार्टी फोडिएको हो ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाउन लगाएको भन्दै अध्यक्ष यादवले केही दिन सरकारमा जान मात्र पार्टी फुटाएको आरोप लगाए ।

‘मधेशको भविष्य बर्बाद गर्ने मधेशीको हिमायती हुन सक्दैनन्’ उनले भने, ‘मधेशी– मधेशी माला जपेर हुँदैन । त्यो स्टेन्डमा रहनुपर्‍यो नि ?’

धेरै मान्छेले आफूलाई लोसपालाई पनि मिलाएर तालमेल गर्न भनिरहेको तर आफूले समीक्षा गर्नुपर्ने बताइरहेको उनले बताए । ‘किन पार्टी फोडे, के का लागि, कसको लागि फोडे र त्यसबाट के भेट्टाए त्यसको समीक्षा गरौं’ अध्यक्ष यादवले भने, ‘गल्ती कहाँ भएको छ त्यसलाई सुधारेर आए जसपा विशाल हृदय लिएर सँगसँगै लग्न तयार छ ।’

अध्यक्ष यादवले एमालेले नागरिकता विधेयक पास नहोस् र मधेशीले नागरिकता नपाउन् भन्ने चाहेको बताए । मधेशीलाई अधिकारविहीन बनाएर नागरिकता, रोजगारविहीन बनाउने र दबाएर राख्ने नीति अनुसार एमाले अघि बढिरहेको यादवले अरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?