+

एएफसी यु-२० एसियन कप छनोट : नेपालले आज कतारसँग खेल्दै

२०७९ भदौ  २७ गते ९:३९ २०७९ भदौ २७ गते ९:३९
एएफसी यु-२० एसियन कप छनोट : नेपालले आज कतारसँग खेल्दै

२७ भदौ, काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बी को आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार राति ११:४५ बजे सुरु हुनेछ । छनोटमा कतारको यो पहिलो खेल हुनेछ ।

नेपाल भने पहिलो खेलमै भुटानसँग २-० ले पारजित भएको थियो । ढिला बहराइन पुग्नु र त्यहाँको मौसममा घुलमिल हुन समय लाग्दा नेपाल भुटानसँग पनि पराजित भएको थियो ।

कतारसँग खेल्दा नेपाल पहिलो अंकको खोजीमा हुनेछ ।

छनोटको समूह बी मा नेपाल र कतारसँग आयोजक बहराइन, भुटान र बंगलादेश छन् ।

नेपालले बहराइनसँग बिहीबार तेस्रो खेल र बंगलादेशसँग आइतबार अन्तिम खेल खेल्नेछ ।

समूह विजेता अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुनेछ ।

 

एएफसी यु-२० एसियन कप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय