+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

गोरखामा ५६ उम्मेदवार, कुन क्षेत्रबाट को को ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १४:४१

२४ असोज, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गोरखामा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रमा २३ जना र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा प्रतिनिधिसभामा गोरखा–२ नेकपा माओवादी केन्द्र र गोरखा–१ नेपाली कांग्रेसको भागमा परेको छ । त्यस्तै प्रदेशसभामा गोरखा–१ (क) माओवादी केन्द्र, गोरखा १ (ख) नेपाली कांग्रेस, गोरखा २(क) बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गोरखा २ (ख) नेपाली कांग्रेसको भागमा परेको छ ।

सत्तारुढ गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले प्रदेशसभाको दुईवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेसका एकाध नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमालेले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

गोरखा–१ बाट प्रतिनिधिसभामा १० जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट राजेन्द्र बजगाई, नेकपा एमालेबाट रामशरण बस्नेत, जनसमाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जसपा नेपालका रुपेश राना, नेमकिपाका लिलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकायले पनि उम्मेदवारी दिएका छन् । यही क्षेत्रबाट भीमसेन थापा गाउँपालिकाका विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै गोरखा–१ (क) बाट प्रदेशसभामा सात जनाको उम्मेदावरी परेको छ । नेकपा माओवादी केन्द्रबाट कृष्ण धिताल, नेकपा एमालेबाट सुरेन्द्रबहादुर थापा, राप्रपाबाट सुदीप ढकाल, राप्रपा नेपालबाट हरिराम अर्याल, मंगोल नेशनल अर्गनाइजेसनबाट गंगाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीबाट बिष्णुबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–७ का रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

गोरखा–१ (ख) बाट १० जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै आरुघाट गाउँपालिका–७ का डाकबहादुर पराजुली, आरुघाट–८ राजकुमार ढकाल र आरुघाट–४ का पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । आरुघाट गाउँपालिकाका निवर्तमान अध्यक्ष दाहाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

गोरखा–२ बाट प्रतिनिधिसभामा १३ जनाको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट अब्दुस सलाम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, राप्रपाबाट सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (बी.पी.) बाट टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट प्रल्हाद लामिछानेको उम्मेदवारी परेको छ ।

त्यस्तै हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा र मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङले पनि उम्मेदवारी दिएका छन् । यसै क्षेत्रबाट बारपाक सुलीकोट गाउँपालिका–८ का विनोदकुमार गुरुङ, पालुङटार नगरपालिका–४ का गणेश देवकोटा, काठमाडौं महानगरपालिका–३२ कि डा. माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोरखा–२ (क) बाट प्रदेशसभामा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीबाट जुद्धबिलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मंगोलनेशनल अर्गनाइजेशनका बिपिका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात, हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेदवारी दिएका छन् । त्यस्तै गण्डकी प्रदेशका उर्जामन्त्री समेत रहेका हरिशरण आचार्यले र पालुङटार–७ का बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गोरखा २ (ख) बाट प्रदेशसभामा ६ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, नेकपा एमालेबाट बसन्तकुमार गुरुङ, राप्रपाबाट ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालबाट सफिदिन मियाँ र मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर घलेको उम्मेदवारी परेको छ । अजिरकोट गाउँपालिका–५ का हरि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?