+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पर्सामा विद्युत चोरीमा संलग्न १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १२:५४

२१ कात्तिक, वीरगञ्ज । नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने १० जनालाई पक्राउ गरेको छ ।

विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ ।

मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद यादव, बागेश्वरीका बृजलाल कुर्मी, रघुनाथपुरका ताहिर अँसारी, एकटाँगाका बिजय यादव, लालबाबु यादव, कन्चनपुरका जैनाथ पासवानलाई पक्राउ गरिएको हो ।

गस्ती टोलीले चोरीको विद्युत प्रयोग गरेर सञ्चालन गर्ने गरिएको पानी तान्ने मोटर २ थान, बाईपास गरिएको मिटर र फ्रिज पनि बरामद गरेको छ ।

विद्युत प्राधिकरण बितरण केन्द्र पोखरियाको विद्युत चुवाहट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय पोखरियाको टोली र सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प पोखरियाको संयुक्त टोलीले आईतबार राति गस्ती गरेको थियो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालाय पोखरियाको हिरासतमा राखिएको छ । जरिवाना तिरेपछि विद्युत चोरी नगर्ने र मिटन जडान गर्ने शर्तमा उनीहरुलाई रिहा गरिने नेपाल विद्युत वितरण केन्द्र पोखरियाका प्रमुख जगनाथ झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?